छोटी भन्सार : आठ महिनामा ४० हजार राजश्व सङ्कलन
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १९:१३:२
नरेन्द्रसिह कार्की
११ मंसिर, दार्चुला । दार्चुला सदरमुकामस्थित छोटी भन्सार कार्यालयले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ ।गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ । यस अवधिमा भारतबाट आयात भएका समानबाट रु ४० हजार राजश्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व सङ्कलन भएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा रु तीन हजार २१७ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व सङ्कलन भएको थियो । छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ । भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ । यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ ।
विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन् । दार्चुलामा भारतसँग सीमा जोडिएका आधादर्जन बढी सीमा पुल वैधानिक रुपमा सञ्चालन भएको भए पनि भन्सार कार्यालय सदरमुकाम खलङ्गामा मात्रै छ । दार्चुलाको लाली, जोलजीवि, दत्तु, खलङ्गा, तिगरम र सीता पुल वैधानिक नाका हुन् ।
यो बाहेक तीन ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणाधीन छ । पुल निर्माण भए पनि भन्सार स्थापना हुन नसक्दा सदरमुकाम खलङ्गाबाहेकका नाकाबाट अवैध समान भित्रिने गरेको छ । दार्चुलाको मुल भन्सार कार्यालय अहिले पनि झुलाघाट बैतडी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार