वाग्मतीमा पनि गहुँको बीउ अभाव, किसान समस्यामा
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २२:२:५५
११ मंसिर, वाग्मती । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार उपलब्ध गराउन नसकिएको लिमिटेडका प्रमुख लक्ष्मण यादवले जानकारी दिए ।
कार्यालयका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँको बीउ माग भए पनि कार्यालयबाट करिब एक हजार ६१२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ । कार्यालयको कार्यक्षेत्रअन्तर्गत यस आव २०७७/७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडाैं, यसैगरी प्रदेश नं २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँ बीउ उपलब्ध गराउने योजना छ । कार्यालयले अन्य जिल्लाबाट समेत सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत बीउ उपलब्ध गराउँदै आएकोे दाबी गरेको छ ।
कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्समार्फत बीउ बिक्री गर्दै आएको छ । गहुँको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् । किसानको मागअनुसार कम्पनीले गहँुको बीउ पर्याप्त मात्रमा उपलब्ध गराउन नसकेको कार्यालयमा बीउ खरिदका लागि आएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
कार्यालयले प्रत्येक वर्ष किसानको मागअनुसार बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरिराखेको गहुँकाे बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँ बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी रु ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाखसम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्सलाई बिक्री गर्दै आएको छ ।
किसानसँग वैशाखमा प्रतिकेजी रु ३५ र बीउको गुणस्तर मापनपश्चात थप १० देखि १५ प्रतिशत प्रोत्साहन रकम दिएर किसानसँग खरिद गरेको गहुँ बीउलाई प्रशोधन गरी प्रतिकेजी रु ६५ मा बिक्री वितरण गर्दै आइरहेको कार्यालयले जनाएको छ । प्रायःजसो हरेक वर्ष वैशाख महिनासम्ममा कार्यालयले किसानसँग गहुँ बीउ खरिद गरी सुरक्षित भण्डारण गरेर राख्ने गर्दछ । यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिकदेखि मङ्सिर महिनासम्म सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्समार्फत गहुँ बीउ बिक्री गर्ने गर्दछ ।
यस वर्ष वाग्मतीको मकवानपुर, चितवन र काठमाडौं यसैगरी प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य विभिन्न जिल्लामा मागअनुसारको गहुँ बीउ उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । किसानले हरेक वर्षको कात्तिकदेखि पुस पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गर्ने लक्ष्य लिएको करिब एक हजार ५०० मेट्रिक टन गहुँ बीउबाट सो क्षेत्रमा करिब ३८ हजार ५०० मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको कार्यालयको दाबी छ ।
हेटाैँडामा यसअगावै साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन प्रशासनिक कर्मचारी मात्र कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार