बिहिबार , माघ ८, २०७७

अब अनलाइनबाट तुरुन्तै खाेल्नुस् सनराइज ‘स्मार्ट’ बचत खाता

अब अनलाइनबाट तुरुन्तै खाेल्नुस् सनराइज ‘स्मार्ट’ बचत खाता

११ मंसिर, काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” अभियान अगाडी बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई पृथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्माट बचत खाता” ल्याएको छ ।

याे सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्ने भएका छन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्रती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारिक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्ने बैंकले जनाएकाे छ । यसरी अनलाइनबाट खोलिएका “सनराइज स्माट बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्गमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । बिस्तृत जानकारीको लागी पैसा नलाग्ने नम्बर फाेन. १६६००१२२४४४  मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय