बिहिबार , माघ ८, २०७७

महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क

महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क

१२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागी मतदान हुँदैछ ।महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोरकुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच वरिष्ठ उपाध्यक्षमा राेचक प्रतिस्पर्धा हुँदैछ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको वरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् ।

नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पुर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफुले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको दावी गरेका छन् ।

वस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मत पाउदा समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउदाँ सिङ्गो टीम नै निर्वाचित हुनेमा उनीहरू ढुक्क देखिन्छन् ।

पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु शेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोरकुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांश जिल्लानगर अध्यक्षहरु एकमत रहेकाे प्रधान पक्षले दावी गरेकाे छ ।

महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसँग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ । वर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांश पुर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने भन्दै हिडेका छन् । पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुह निकै बलियो देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मक अवस्थामा पुगेकाे ठहर प्रधान पक्षकाे छ ।

बिहिवारकाे बन्दसत्रमा चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछि शेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथी कडा टिप्पणी गरेकाे आराेप प्रधान पक्षले लगाएकाे छ । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष शेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छापछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसगैं अन्य भिजन पनि प्रस्तुत गर्ने बन्दसत्रमा बताएका छन् ।

जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, वस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न ७ घण्टा पहिले
छायाँ सेन्टरमा नेपाल युवा परिषदको साधारणसभा, सरोज बानियाँको नेतृत्वमा नयाँ कार्य समिति छायाँ सेन्टरमा नेपाल युवा परिषदको साधारणसभा, सरोज बानियाँको नेतृत्वमा नयाँ कार्य समिति ६ घण्टा पहिले
नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ खोप  ! नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ खोप ! १२ घण्टा पहिले
कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु ३ घण्टा पहिले
लाइसेन्सकाे अनलाइन फाराम शुक्रबारदेखि खुल्ने लाइसेन्सकाे अनलाइन फाराम शुक्रबारदेखि खुल्ने ४ घण्टा पहिले
ओलीले राजा महाराजको शैलीमा संसद विघटन गरेको प्रचण्डको आरोप ओलीले राजा महाराजको शैलीमा संसद विघटन गरेको प्रचण्डको आरोप २४ घण्टा पहिले
सुमी मानन्धरसँग माया लाउँदै नाजिर सुमी मानन्धरसँग माया लाउँदै नाजिर ५ घण्टा पहिले
चन्द्रागिरि हिल्स कम्पनीको आईपीओ माघ ९ गते बाँडफाँड, एक लाख ३९ हजार भाग्यमानीले पाउँनेछन् १० कित्ता चन्द्रागिरि हिल्स कम्पनीको आईपीओ माघ ९ गते बाँडफाँड, एक लाख ३९ हजार भाग्यमानीले पाउँनेछन् १० कित्ता ८ घण्टा पहिले