बागलुङमा सफल हुँदै चियाखेती, स्थानीयवासी उत्साहित
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २१:३७:३९
१४ मंसिर, गलकोट । बागलुङ जिल्लामा चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नं ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगानालगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ । दुई वर्षअघि रेशको तिङरिङमा लगाइएको चिया अबको दुई वर्षभित्र उत्पादन दिने गरी फस्टाएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
रेशमा अहिले झण्डै एक सय रोपनी क्षेत्रफलमा चियाखेती गरिएको छ । सामुदायिक वन, विद्यालयको जग्गा र सार्वजनिक स्थानमा चियाखेती विस्तार गरिएको अध्यक्ष लामिछाने बताउछन । अहिले रेश र सिगानाका किसानले खेर गएको बाँझो जग्गामा चियाखेती गर्न थालेका छन् । तीन वर्ष अगाडि सिगानाको बौडेचौर क्षेत्रमा लगाएको १५ हजार बिरुवामध्ये झण्डै १२ हजार बिरुवा उत्पादन दिने गरी बढिरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।
“हाम्रोमा केही व्यक्तिगत र केही सार्वजनिक जग्गामा चियाखेती लगाइएको छ, शुरुमा १० हजार बिरुवा लगाइएकामा चार हजार थपियो” जिसीले भने,“सम्भाव्यता अध्ययनका क्रममा चियाखेतीको सम्भावना प्रवल देखिएपछि गरिएको प्रयास सफलता उन्मुख छ ।” कोरोनाका कारण यस वर्षको योजना प्रभावित भए पनि आगामी वर्ष ५० हजारभन्दा बढी चियाका बिरुवा लगाउने योजना नगरपालिकाको छ ।
नमूना कृषि गाउँभित्र विद्यालयको जग्गा पर्ने भएकाले २७ रोपनी जग्गामा चियाखेती विस्तार गरिरहेको जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर जिसीले जानकारी दिए । सत्ताइस रोपनी जग्गामध्ये १०÷१२ रोपनी जग्गामा चियाखेती लगाइसकेको र अन्य जग्गा चियाखेती विस्तारका लागि तयारी भइरहेको जिसीको भनाइ छ । “पाँच वर्षमा हुने चिया चार वर्षभित्रै तयारी हुने अवस्था देखियो” जिसीले भने, “अब व्यावहारिक रुपमै चियाखेती सफल हुने देखियो, यसलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा ल्याउने गरी काम थालेका हौँ ।” रेशको बौर, तिङरिङलगायतका क्षेत्रमा चियाखेती विस्तार भइरहेको छ ।
चियाखेती विस्तारका लागि सिगानामा नगरपालिका र रेशमा गण्डकी प्रदेश सरकारले सहयोग गरिहेको छ । दुई वर्षभित्रै चिया नै उत्पादन गर्ने गरी चियाखेती विस्तार थालिरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “अब चियाखेती सफल हुनेछ, अन्य स्थानीयवासीले व्यक्तिगत जमिनमा लगाउन थालेका छन्”, अध्यक्ष लामिछानेले भन्नुभयो,“शुरुमा लगानी र मेहनत खेर जाला भन्ने अवस्था थियो तर चिया हुर्केको देख्दा सफल भइयो भन्ने लागेको छ, रेश सिगाना मिलेर सानो सानो चिया उद्योगनै चलाउन सकिने सम्भावना छ ।”
चिया उद्योग स्थापनाका लागि चियाका बिरुवा थप्दै जानुपर्ने भएकाले अभियानलाई निरन्तरता दिन बिरुवामा अनुदानको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिगानाका किसान खिमबहादुर खड्काले बताए । चार वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक साविक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चियाखेतीको अभ्यास निकै कम थियो ।
बागलुङ जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चियाखेती गर्न थालिएको हो । पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटालगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चियाखेती गरिएको थियो । चियाखेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्न लागेको छ । सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीको प्राविधिक सहयोगमा बागलुङमा अन्य स्थानमा चियाखेतीको उभार आउन थालेको हो ।
बागलुङ जिल्लाको समग्र क्षेत्रमा उत्पादन भएको चियाखेतीका आधारमा एउटा चिया प्रशोधन केन्द्र स्थापना गर्न सके यहाँका किसानलाई अझै फाइदा पुग्ने सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीका सञ्चालक रामजीप्रसाद शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन
जेठ १, २०८१ मंगलबार
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार