बिहिबार , माघ ८, २०७७

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालकाे चेतावनी

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालकाे चेतावनी

१५ मंसिर, पशुपतिनगर । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए ।

“नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न्”, इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने ।

उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए । खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उल्लेख गरे । “खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ”, खनालले भने ।

उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे । “नेकपालाई कसले फुटाउन सक्छ कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ हामी चुनौती दिन चाहान्छौँ”, उनले भने, “हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाबाट ८ को मृत्यु छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाबाट ८ को मृत्यु १ हप्ता पहिले
झण्डै १० महिनापछि मुक्तिनाथ मन्दिर खुल्दै, पर्यटन व्यवसायी उत्साहित झण्डै १० महिनापछि मुक्तिनाथ मन्दिर खुल्दै, पर्यटन व्यवसायी उत्साहित ३ हप्ता पहिले
युवती प्रयोग गरी फिल्मीशैलीमा लुट्ने गिरोह सक्रिय युवती प्रयोग गरी फिल्मीशैलीमा लुट्ने गिरोह सक्रिय ४ हप्ता पहिले
फेसबुक कम्पनीमाथि ३८ लाख युरो क्षतिपूर्ति तिर्न आदेश फेसबुक कम्पनीमाथि ३८ लाख युरो क्षतिपूर्ति तिर्न आदेश २ हप्ता पहिले
संवैधानिक इजलासमा आजदेखि रिट निवेदनमाथि निरन्तर सुनुवाइ हुने संवैधानिक इजलासमा आजदेखि रिट निवेदनमाथि निरन्तर सुनुवाइ हुने ५ दिन पहिले
विद्यालय र स्वास्थ्य चौकीमा हातधुने स्टेशन हस्तान्तरण विद्यालय र स्वास्थ्य चौकीमा हातधुने स्टेशन हस्तान्तरण ४ हप्ता पहिले
श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि तीन वर्षीय छोरी बेखबर श्रीमान् विदेश : श्रीमती परपुरुषसँग गएपछि तीन वर्षीय छोरी बेखबर ४ हप्ता पहिले
कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते ४ दिन पहिले