मेचीमा पनि १५ श्ययाको आधारभूत अस्पताल शिलान्यास
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार २०:२९:१५
१५ मंसिर, झापा । झापाको मेची नगरपालिकामा आज १५ श्ययाको आधारभूत अस्पताल शिलान्यास भएको छ । नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका– १० को धुलाबारीमा भवनको शिलान्यास गर्नुभयो । सरकारले अस्पताल नभएका देशैभरका पालिकामा एकैदिन १५ वा पाँच श्ययाको आधारभूत अस्पताल शिलान्यास गर्न निर्देशन दिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिनुभयो ।
मेची नगरसहित १०७ पालिकामा १५ श्ययाको र २८९ पालिकामा पाँच श्ययाको अस्पताल शिलान्यास हुँदैछ । मेचीनगरसहित जिल्लामा बन्ने हरेक अस्पतालको लागत रु १८ करोड ६८ लाख रहेको छ ।
यसअघि मेचीनगरमा प्राथमिक स्वास्थ्य केन्द्र र दातृ निकायको सहकार्यमा आम्दा मेची अस्पताल सञ्चालनमा छ । दमक र भद्रपुरमा यसअघि नै ठूला अस्पताल सञ्चालनमा छन् । जिल्लाको ११ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यासको कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
गौरादह, झापा, बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार