चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ मंगलबार १:४४:५८
१५ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौं उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि आज एम्बुलेन्स खरिद गरेको हो ।
टाटा कम्पनीले भर्खरै सार्वजनिक गरेको एम्बुलेन्स चन्द्रागिरिले विशेष छुटका साथ रु १० लाखमा खरिद गरेको नगरपालिकाका प्रमुख घनश्याम गिरिले जानकारी दिए । खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने उनको भनाइ छ । एम्बुलेन्स खरिदसँगै नगरपालिकाभित्रका बिरामीले राहत पाउने भएका छन् ।
नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाको ८ नं वडामा १५ श्ययाको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । पछिल्लो समयमा जुनसुकै एम्बुलेन्सले कोभिड–१९ का बिरामी बोक्न नमानेको अवस्थामा चन्द्रागिरिले नगरमा सञ्चालन गर्नका लागि एम्बुलेन्स खरिद गरेको हो ।
चन्द्रागिरि नगरपालिकाले दमकलसमेत खरिद गर्ने भएको छ । चन्द्रागिरिले नगरपालिकाभित्र आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि गत आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको थियो । नगरप्रमुख गिरीले चन्द्रागिरिमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद लागेको बताए ।
यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले चन्द्रागिरिको मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । नगरपालिकाले काठमाडौं भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेश द्वारसमेत निर्माण गर्ने भएको छ । प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो यस नगरपालिकामा १५ वडा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार