केराउ तस्करीका लागि गणपतिलाई १० लाख ?
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार २०:२७:३१
१६ मंसिर, बीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण भेगमा पर्ने पकाहा र सबैठवा नाका हुँदै ट्याकटरकै माध्यमले केराउ तस्करी भइरहेपनि त्यसलाई नियन्त्रण गर्ने दायित्व बोकेको माथिल्लो निकाय भने मौनधारण गरेर बसेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्ग मिले पश्चात् पकहा र सबैठवा नाका हुँदै दिनहुँ करोडौं बराबरको केराउ भारततर्फ निर्यात हुँदै आएको हो ।
पकहा र सबैठवा नाका हुँदै कुख्यात तस्कर प्रमोद सहनी र भगत भनिने तस्कर समुहले ट्रयाक्टरकै माध्यमले तस्करीका मालसमान आयात निर्यात गर्ने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोस्ट पकहाका सशस्त्र प्रहरी निरीक्षक अमृत केसी तथा बोर्डर आउट पोस्ट सबैठवाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेललाई मासिक लाखौ रूपैयाँ नजराना दिए पश्चात् ट्याक्टरकै माध्यमले तस्करीको लाइन सुचारू भएको स्थानीयले दावी गरेका छन् ।
सीमा नाकाको बोर्डर आउट पोस्टका इन्चार्जको मिलेमतोमा मात्र तस्करीको लाइन कहाँ चलाउन सक्छन् भन्दै सशस्त्र प्रहरी श्रोतले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बीरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले मासिक १० लाख नजराना बुझे पश्चात् केराउ तस्करीको कार्य सुचारू भएको बताए ।
श्रोतका अनुसार तस्कर समुहका मुख्य नाइके प्रमोद सहनी र भगत भनिनेले स्थानीय बीओपी पकहा र सबैठवाकै माध्यमले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको निम्ति मासिक १० लाख बुझाउने गरेको बताए । हाल दुवै बीओपी इन्सपेक्टर बिदामा बसेका छन् ।
सशस्त्र प्रहरी बल संगठन एउटा असल र इमान्दार संगठनको रूपमा मानिने गरेपनि सशस्त्र प्रहरी बल नेपालकै केही भ्रष्ट प्रहरीले गर्दा सम्पूर्ण सशस्त्र प्रहरी बल नेपालको बदनाम हुँदै गएको प्रष्ट हुन्छ । तसर्थ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपतिको साथ साथै बोर्डर आउट पोस्ट पकहा र सबैठवाका सशस्त्र प्रहरी निरीक्षकले गरेको कार्यप्रति संगठन प्रमुख आईजीपी शैलेन्द्र खनालको विशेष ध्यान जान अति आवश्यक देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार