बिहिबार , फागुण २०, २०७७

नेपाल प्रहरीमा को को बन्दैछन् डीआईजी ?

नेपाल प्रहरीमा को को बन्दैछन् डीआईजी ?

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवाको तयारी शुरु भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’ बढुवाको सिफारिस गरिएसँगै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’को बढुवाको तयारी थालिएको हो ।

हाल प्रहरीमा डीआईजीको ८ दरबन्दी रिक्त छ । एक सातापछि विश्वराज पोखरेल एआईजीमा बढुवा भएसँगै सबै पद रिक्त हुनेछन् । डीआईजीको ९ दरबन्दीमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’बीच प्रतिस्पर्धा सुरु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारले कात्तिक अन्तिम साता ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो भने हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएसँगै तीन सिट खाली थियो ।

डीआईजीका लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली प्रतिस्पर्धामा छ । आईजीपी क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी बढुवाको प्रतीक्षामा छन् ।

नयाँ टोलीले पनि भविष्यमा आईजीपी बन्ने लाइन स्पष्ट पार्न खोजेका कारण यो बढुवा महानिरीक्षक क्षेत्रीका लागि पनि चुनौतीपूर्ण रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

क्षेत्रीका ब्याचका डा. देवबहादुर बोहरा, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण,  रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका दाबेदार हुन् ।

निरीक्षकमा ११ चैत २०४९ मा भर्ना भएका क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपीहरु पनि डीआईजी बढुवाको पर्खाइमा छन् । यही टोलीका विश्वराज पोखरेल डीआईजी भएर पनि एआईजी बढुवाका लागि सिफारिस भइसकेका छन् ।

यो टोलीमा बढुवाको लाइनमा रहेका एसएसपीहरुमा सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत पर्छन् ।

५ चैत २०५१ मा भर्ना भएका निरीक्षकहरुको टोली पनि एसएसपीबाट डीआईजीमा बढुवा हुन लागि परेको छ । उनीहरु अहिल्यै डीआईजीमा बढुवा भएर भावी आईजीपी बन्ने प्रतिस्पर्धामा छिर्न चाहन्छन् । यो टोलीका एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय