मिसेस तामाङ नेपाल २०२० सिजन-३ को अडिसन सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ बुधबार २:३३:२३
१६ मंसिर, काठमाडौं । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गईरहेको “मिसेस तामाङ नेपाल २०२०” को अडिसन सम्पन्न भएको छ । सामाखुशी स्थित स्काई रेष्ट्रो एण्ड बैंकटमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट २५ जना भन्दा बढी प्रतियोगीहरुको उपस्थिती थियो ।
तामाङ समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, समाजसेवी रोबिन तामाङ, निर्देशक तथा कलाकार रोशन फ्युबा, कलाकार समिर तामाङ, मिसेस तामाङ २०१६ शान्ति तामाङ, मिसेस तामाङ – २०१८ पाल्साङ तामाङ लगायत निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।
बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको जानकारी शान्ता लामाले गराईन। प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ ।
जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट तामाङ समुदायका बिवाहित महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता लामाले जानकारी दिइन ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिने छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार