ओलीलाई गलाउने प्रचण्डको ब्याक गियर !
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ३:२१:७
१७ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठकमा मंगलबार अचानक बहुमतको खेलबाट पछि हटेका प्रचण्डको आफ्नै नेतारुले आलोचना गरेका छन् । मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि बहमुतको आधारमा अघि बढाउन नेताहरुले प्रचण्डलाई आग्रह गरेका थिए ।
तर प्रचण्डले आफ्नै नेताहरुले भनेको मानेनन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक शुरु हुन नसक्ने भनाई प्रचण्डले राखेका थिए । जसको वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले विरोध गरेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि उक्त निर्णयको विरोध गरेका थिए । ओलीविना पार्टीको बैठकै गर्न नसकिने कुरा प्रचण्डले भनेपछि नेपाल र खनाल आक्रोशित बनेका थिए । त्यति मात्रै नभई प्रचण्डका खास नेता तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत प्रचण्डको विरोधमा उत्रिएका थिए ।
पार्टीको बैठकमा नआउने मुर्खता गर्ने ओलीको पक्षमा उभिनु घातक भएको समेत श्रेष्ठले टिप्पणी गरे । तर प्रचण्डले उनीहरुका कुरा पनि गम्भिरसँग सुनेनन् । ओलीविना आफूले बैठक अगाडी नबढाउने उद्घोष गरे ।
त्यसअघि उनले महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग सल्लाह गरेका थिए । दुई नेताहरुकै सल्लाहमा प्रचण्डले २० गतेसम्मलाई बैठक स्थगित गरे । अर्को बैठकमा ओली सहभागि हुनुपर्ने धारणा समेत राखे ।
प्रचण्ड ब्याक गियरमा किन ?
पछिल्लो समय प्रचण्डको रणनीतिकै कारण नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री पद नछाडेपछि ओलीविरुद्ध अनेकन तिकडम गरिरहने प्रचण्डले पछिल्लो समय नेकपा विभाजनका लागि आधिकारिक रुपमै राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश गरेका छन् ।
प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावविरुद्ध ओलीले पनि काउन्टर प्रस्ताव दर्ता गराएका छन् । तर ओलीको प्रतिवेदनले प्रचण्डको रणनीतिलाई विफल पार्न सकेको छैन् । पार्टी लगभग फुट्ने निश्चित भएपछि ओलीको ज्वरो मात्रै बढेको छैन, पद र शक्ति दुवै क्षीण भएको छ ।
यस्तो अवस्थामा अब हतार नगरी आफ्ुनो रणनीतिअनुसार राजनीतिक प्रस्तावलाई तल्ला कमिटीसम्म लैजाने प्रचण्डको भित्री योजना छ । जसलाई वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले साथ दिइरहेका छन् ।
सचिवालयमै अल्पमतमा रहेका ओली स्थायी कमिटी र केन्द्रिय कमिटीमा झन नाजुक अवस्थामा छन् । यसअघि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले राजीनामा माग गरेपछि ओलीको पद झण्डै गुमेको अवस्था थियो ।
अहिले पनि कि पार्टी फुटाउने कि ओलीलाई हटाउने प्रचण्डको राजनीतिक प्रस्तावमाथि स्थायी कमिटी र केन्द्रिय कमिटीले बोल्ड निर्णय गर्ने अवस्था छ । यस्तो बेला ओली पार्टीभित्र एउटा गुटमा सिमित हुने खतरा पनि त्यत्तिकै छ ।
सोही कारण तनावमा रहेका ओलीलाई अहिले हतार नगरी विस्तारै झन् गलाउने रणनीति प्रचण्डले बनाएका छन् । सोही कारण मंगलबारको सचिवालय बैठकमा प्रचण्डले नेताहरुको साथ हुँदाहुँदै ‘ब्याक गियर’ प्रयोग गरे ।
ता कि ओलीले यो रणनीतिक अवस्था बुझेर कि पद छाडुन कि त पार्टी फुटाउन् । प्रचण्डसँगै नेता कार्यकर्ताको यो चाहना पूरा हुन अब धेरै टाढा छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार