नाङ्ग्लो ठटाएर हात्ती तर्साउने बुद्धिभ्रष्ट प्राणी
इन्द्र रिजाल
मंसिर २४, २०७७ बुधबार १९:३३:३८
देशमा पूर्ण बहुमतको बलियो सरकार यति बलियो भएछ कि अब प्रतिपक्षका नेताहरुलाई धरपकड र कुटपिटमा पनि उत्रिएछ । धिक्कार छ ! तिम्रो सोचलाई, तिम्रो कार्यशैलीलाई । घरि घरि त मलाई के लाग्दछ भने यो तिम्रो एक्लो सोच हुनै सक्दैन, अरु कसैको बहकाउमा आएर त्यत्रो हिम्मत नगर्नु पर्ने हो ।
तिम्रो चेतना नै निम्न स्तरको भएर होला, यो सरकार गठन पश्चात देश र जनताको हित हुने गरि कुनै काम भएन । सत्तालिप्सा, भ्रष्टाचारीको संरक्षण, लफङ्गाहरुको संगतले देशद्रोही विचार, दलाली पृष्ठभूमिले यति दुर्घन्धित भयौ कि अब देशबासीलाई गुहु झैं गन्हाउन थालेछौं । छि ! छि !! छि !!!
देश त्यसै थला पर्न लागेको छ, विकास बजेट खर्च गर्न नसकेर वर्षेनी रकमान्तर गर्नु परेको छ । जनताको दयनीय अवस्थामा ज्यूँका त्यूँ छ । कोरोना महामारीले जनता लमतन्न छन् । कहीं कतै राहतको आशा गर्न सक्ने ठाउँ देखिन्न ।
सरकारको काम कर्तव्य एकातिर मिल्काएर खाली दलाली, भ्रष्टाचार, घरझगडा, रन्डीबाजीमा भुलेर कसरी देश बन्दछ उखाने बाजे ? उखाने बाजेलाई एउटा उखान हामी पनि सुनाई दिन्छौं, सय दिन सुनारको एक दिन लोहारको भन्छन् ? नभुल्नु होला हैं ।
दुर्योधनको बालहठले महाभारतको युद्ध भयो र सम्पूर्ण कौरव कुलको समुल विनाश भयो । ठीक त्यस्तै प्रकारको अहंकारपूर्ण बालहठ अहिले सत्तारुढमा देखिएको छ । डर छ, यसले समुल देशद्रोही, दलाल, भ्रष्ट, हत्यारो पार्टीको विनाश नगर्ला भन्न सकिन्न । ०४६ साल वरिपरीको जस्तै आन्दोलनको आँधी सिर्जना हुँदै गएको छ र यो आँधी बबण्डरमा परिणत भयो भने केही रहनेछैन् । तिम्रो सत्ता अहंकार मिनटमा स्वाहा हुने छ ।
सरकार कुनबेला ढल्ने हो, पार्टी कुनबेला टुक्रिने हो, कुनैपनि क्षण यो खबर आउन सक्छ । त्यस्तै अवस्था प्रधानमन्त्री को छ । “रोगी काया मृत्युको छाँया” खुराफाती दिमाग र भेडा पिछलग्गुको भरमा यत्रो तुजुक सुहाएन बाजे । मान्छे इतिहास निर्माण गरेर चिरकालसम्म श्रद्धाको पात्र बन्ने बाटोमा लाग्छन्, गरिवको हित हुने काम गरेर, देशको उन्नति गरेर, सम्झनामा बसी रहन्छन् तर यो त उल्टो हुँदै गयो ।
नेकाका वरिष्ट नेता रामचन्द्र पौडेल माथिको घोर अप्रजातान्त्रिक धरपकड र कुटपिट कसको हितमा, कसलाई निशाना बनाउन अपनाइएको हो ? गणतन्त्र विरुद्ध उठेको आवाज कुल्चिने सङ्केत हो कि अथवा नेकाको संस्थापन पक्षको मनोवल खस्काउन हो कि महाधिवेशनमा पुर्व ३६ सेको पक्षमा लागेर देउवाको चाकरी गर्न खोज्या हो कि या पार्टीभित्र आफु विरुद्धका नेताहरुलाई तर्साउन पौडेल माथि प्रसाशन लाग्या हो ? सबै कुरा छिट्टै बाहिर आउने छ नै ।
नेकाका साथीहरु र भातृ संगठनहरु चलायमान हुनु जरुरी छ । यथास्थिति बदल्न जुर्मुराउनु पर्ने बेला आएको छ । रामचन्द्र पौडेललाई धरपकड र कुटपिट गर्नेले साधारण जनतालाई केसम्म गर्लान ? अब फेरी एकपल्ट देशद्रोही, लालआतंककरिहरुको स्वेतआतंक विरुद्ध एकजुट हुने बेला आए जस्तो छ ।
दुर्योधनको बालहठले महाभारतको युद्ध भयो र सम्पूर्ण कौरव कुलको समुल विनाश भयो । ठीक त्यस्तै प्रकारको अहंकारपूर्ण बालहठ अहिले सत्तारुढमा देखिएको छ । डर छ, यसले समुल देशद्रोही, दलाल, भ्रष्ट, हत्यारो पार्टीको विनाश नगर्ला भन्न सकिन्न । ०४६ साल वरिपरीको जस्तै आन्दोलनको आँधी सिर्जना हुँदै गएको छ र यो आँधी बबण्डरमा परिणत भयो भने केही रहनेछैन् । तिम्रो सत्ता अहंकार मिनटमा स्वाहा हुने छ ।
बेइमानी, दलाली र भ्रष्टचार गरेर गरिब लुटेर जोडेको सबका सब आँखै अगाडी खरानी हुनेछ र तिम्रा मालिकले पनि जोगाउन सक्ने छैनन् । नेपाली जनता तिम्रा झोलेहरुले सोचे जत्तिका लठुवा पनि छैनन् ।अनि सबैभन्दा जरुरी कुरा त के भने अलि अलि आफ्नो हित र अहित बुझ्न सक्नेछन् । कैयन कष्ट भोगेका छन्, उज्यालो बिहानीको आशमा अँध्यारोसँग मितेरी लगाउन तयार चाँही किमार्थ छैनन् । चेतना भया ।। फ्र्यान्क्फार्ट, जर्मनी ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार