प्रदेश सरकारद्वारा ओएण्डएम संशोधित, २३ कार्यालय यथावत्
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार ६:५०:२
२५ मंसिर, कर्णाली । अदालतको आदेशपछि कर्णाली प्रदेश सरकारले वन मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन ‘ओएण्डएम’ संशोधन गरेको छ । सरकारले वन तथा भूसंरक्षणतर्फका २३ कार्यालयलाई यथावत राख्दै फाजिल कर्मचारीलाई जिम्मेवारी दिन साङ्गठनिक संरचना संशोधन गरेको हो ।
प्रशासनिक खर्च कम गर्ने उद्देश्यले सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन कार्यान्वयन गरेपछि वन तथा भूसंरक्षण तर्फका कर्मचारी फाजिलमा थिए । प्रदेश सरकारको उक्त निर्णयविरुद्ध वन सेवाका कर्मचारीले उच्च अदालतमा रिट दायर गरेपछि अदालतले उनीहरुको पक्षमा आदेश दिएको हो ।
अदालतको आदेश कार्यान्वयनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २३ वटा कार्यालयलाई यथावत राख्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । वन निर्देशनालयका निर्देशक शिवराम अधिकारीले मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेसँगै वन तथा भूसंरक्षणतर्फका कार्यालय यथावत रहने जानकारी दिए ।
वन निर्देशक अधिकारीका अनुसार संशोधित संरचनामा हालको वन तथा वातावरण निर्देशनालयको ठाउँमा वन निर्देशनालय र यसअघि समायोजनमा परेका भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेत र जुम्लालाई यथावत रााखिएको छ । त्यस्तै, डिभिजन वन कार्यालय भेरी, बाबियाचौर र १९ वटा सब–डिभिजन कार्यालय छन् । यसअघि प्रदेश सरकारले १० जिल्लाका ५८ सब–डिभिजनलाई ३९ वटा कार्यालयमा झारेको थियो । संशोधनपछि अब सबै जिल्लामा ५८ वटै वनका सब–डिभिजन कार्यालय रहनेछन् ।
प्रदेश सरकारको यस निर्णयबाट वन तथा भूसंरक्षण सेवाका कर्मचारीले स्वागत गरेका छन् । सुर्खेतका डिभिजनल वन अधिकृत गोविन्द दाहालले सङ्गठन संरचना तथा दरबन्दी संशोधनले प्राविधिकरुपले दक्ष कर्मचारीलाई काम गर्ने वातावरण सिर्जना भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार