सुदुर ग्रामिण क्षेत्रमा जेसीजले बाँड्यो स्वास्थ्य सामाग्री
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार ७:२:५९
२४ मंसिर, सप्तरी । राजविराज जेसीजले आज जेसीज सप्ताहको अन्तिम दिन जिल्लाको दुर ग्रामिण भेगमा अन्तरक्रिया गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–३ दौलतपुरस्थित भुसी महुलियामा जेसीजले शिक्षक, बालबालिका र दलित, आदिवासी किशोरीहरुसँग अन्तरक्रिया गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एव्म राष्ट्रिय प्राथमिक बिद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बालबालिकाले पालना गर्नुपर्ने भूमिका, महिनावारी र सरसफाईबारे अन्तरक्रिया गरिएको छ ।
कार्यक्रम संयोजक रञ्जना चौधरी र राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गरे । कार्यक्रममा जेसीजका कानुनी सल्लाहकार राजेश मण्डल, कोषाध्यक्ष सिद्धार्थ तातेड, राजविराज नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर, बिद्यार्थीहरु चाँदनी सदा, यतिका चौधरी, दिलजनी सदा, राधिका राम, लक्ष्मी पासवानले सरसफाई, महिनावारीबारे आ–आफ्नो धारण राखे ।
अन्तरक्रियामा सहभागीहरुले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा लैङ्गिक विभेद र हिंसाजन्य कार्य नगर्न, नसहन र प्रतिवाद गर्न आवश्यक रहेको भन्दै प्रतिबद्धता व्यक्त गरे । अन्तरक्रिया पश्चात कक्षा १ देखि ५ सम्मका उत्कृष्ण बिद्यार्थीहरुलाई उपहार र सहभागीहरुलाई सेनेटरी प्याड, मास्कलगायतका सामाग्री वितरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार