गाउँपालिकाले छाड्यो आँधीखोलामा माछाका भुरा
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १६:१:२९
२५ मंसिर, स्याङ्जा । आँधीखोला गाउँपालिकाले खोलामा माछाका भुरा छाडेको छ । पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको जनाएको छ ।
कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका भुरा खोलामा छाडेको हो ।
आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । उनले भने, “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जैविक विविधता कायम राख्नका लागि खोलामा माछाका भुरा छाडेका हौँ ।”
खोलामा साना भुरा छोड्दा काग, बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी हुने भएकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । विभिन्न कारणबाट खोलामा माछा लोप हुँदै जान थालेपछि ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार