
२५ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ देखि नै ओह्रालो लाग्न सुरु गरेको युनाइटेड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा लगानीकर्तालाई रित्तोहात बनाएको छ ।
फाइनान्स संचालक समितिको हिजो दिउँसो बसेको २५५ औं बैठकले यस वर्ष कमाएको मुनाफबाट आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश तथा बोनश शेयर वितरण नगर्ने जनाएको छ ।
कम्पनीले वित्तीय अवस्था निरन्तर ओह्रालो लागे पनि हिजोको संचालक समिति बैठकले भने कम्पनीलाई थप सबल बनाउनको लागि लाभांश वितरण नगर्ने निर्णय गरिएको कम्पनी सचिव अजयकुमार मिश्रले बताए ।
युनाइटेडले आर्थिक वर्ष २०७५/७६ मा ७.५३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
चौधरी समुहको लगानी रहेको यस फाइनान्सले सुरुका वर्षमा केही आकर्ष लाभांश वितरण गरेता पनि पछिल्ला वर्ष भने लगानीकर्तालाई जिल्ल बनाउँदै आएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट