बेलायतले क्वारेन्टाइन अवधि १० दिन कायम गर्ने
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शनिबार ५:१२:४९
२६ मंसिर, काठमाडौं । बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त ‘सेल्फ–आइसोलेसन’ तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ ।
वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य ‘बेलायत’ का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ । कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।
कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन् । “सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछौ,” बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताए । सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टाइन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए ।
बेलायतमा विगत २८ दिनमा सङ्क्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ । यो हप्ताको सुरुमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार