विराटनगर-पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने
नेपालबहस संवाददाता
मंसिर २७, २०७७ शनिबार १७:४८:४०
२७ मंसिर,मोरङ। कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् ।
पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीले भारतीय सीमा क्षेत्रका शहरबाट भारतीय नागरिकको आवागमन बढाउन पोखराका हिमशृङ्खला, धार्मिकक्षेत्र, ताल र पदयात्राको आकर्षणबारे प्रचार गरी स्वास्थ्य सुरक्षा पालनासहित अविलम्ब सीमा खोल्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले विराटनगर तथा पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवा सञ्चालनमा निजी तथा सरकारलाई दबाब दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएको जानकारी दिए । होटल व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
आन्तरिक पर्यटक समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनगरका होटल व्यवसायी पूण्य भट्टराई र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश नं १ को भारतीय सीमा क्षेत्र पश्चिम बङ्गाल र विहारका जनतालाई पोखराको पर्यटन क्षेत्रसँग जोड्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दर्ता गराए सर्वोच्चमा रिट, जेठ २ गते पेसी
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार