भिसामा गृहकाे मनपरी निर्णय
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १३:२०:३२
३० मंसिर, काठमाडौं । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ‘भिसा’को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष ‘२०२१’का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन।
अध्यागमन नियमावलीको नियम ६ ‘२’मा ‘पर्यटक भिसा एक भिसा वर्षमा बढीमा पाँच महिनाका लागि दिइनेछ’ भन्ने स्पष्ट प्रावधान छ। तर, गृहले उक्त नियमावलीविपरीत भिसा नियमित गरेर अर्को वर्षका लागि पनि भिसा दिने निर्णय गरेको हो। मंसिर २३ को गृहमन्त्रीस्तरीय उक्त निर्णय अध्यागमन नियमावलीविरुद्ध छ।
अन्तर्राष्ट्रिय उडान भइरहेका मुलुकका नागरिकलाई फिर्ता नपठाई अर्को वर्षका लागि पनि भिसा दिने गृहको निर्णय आश्चर्यजनक छ। अन्तर्राष्ट्रिय उडान भइसकेका चीनलगायत अन्य मुलुकको नागरिकका हकमा गृहको उक्त निर्णय सान्दर्भिक छैन। गृहले त्यस्ता विदेशीलाई निष्कासन गर्नुको सट्टा कोरोना भाइरसको जोखिम देखाउँदै आवश्यक अध्ययन, अनुसन्धानबिनै भिसा नियमित गर्ने विवादास्पद निर्णय गरेको हो।
गृह र अध्यागमनका अधिकारीले उनीहरू आफैं सम्मिलित भएर गरेको निर्णयबारे चित्तबुझ्दो जवाफ दिएनन्। गृहका प्रवक्ता चक्रबहादुर बुढा र अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले कोरोना भाइरसको जोखिमका कारण ओभरस्टे भएकाहरूको भिसा नियमित गर्ने र उनीहरूलाई अर्को भिसा वर्षमा पनि पर्यटक भिसा जारी गर्ने निर्णय भएको प्रतिक्रिया दिए। ‘पर्यटन व्यवसायीलगायत सरोकारवालाको सिफारिसमा निर्णय गरिएको हो’, महानिर्देशक केसीले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार