ऐतिहासिक कुलीबराह मन्दिर निर्माण सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १८:४३:७
३० मंसिर ,गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिए। छोम्रोङ र आसपासका क्षेत्रमा बस्ती विकास भएसँगै कुलीबराहसहितका शक्तिपीठको अस्तित्व रहेको बताउँदै उहाँले व्यवस्थित मन्दिर नहुँदा विगतमा स्थानीयवासीले शिलामा पूजाआजा गर्ने गरेको बताए ।
अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासमा पर्ने कुलीबराहसहित गाउँको उत्तर–पश्चिममा पर्ने छुरुप बराह, दक्षिण पूर्वमा पर्ने ताउजी बराह, पश्चिममा पर्ने मेश्रम बराह र उत्तर पूर्वकापर्ने पुजनीयम् बराह यहाँका दर्शनीयस्थल हुन् । पदमार्ग क्षेत्रमा सम्भाव्य प्राकृतिक प्रकोप नहोस् भन्दै स्थानीयवासीले वर्षेनी यी बराहको पूजाआजा गर्दै आएको स्थानीयवासी बताउछन् ।
अन्नपूर्ण आधारशिविर क्षेत्रमा पर्ने यी धार्मिकस्थलको संरक्षण र विकासका लागि पछिल्लो समयमा स्थानीयले जागरुकता देखाउँदै आएको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । धार्मिक तथा सांस्कृतिक महत्वका यी शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासीले देखाएको सक्रियतासँगै राज्यका तर्फबाट सहयोग आवश्यक हुने गुरुङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन
जेठ १, २०८१ मंगलबार
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार