चार करोडको लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार १:४१:२८
३० मंसिर, गण्डकी । कास्कीको मादी गाउँपालिकामा सात वटा वडा कार्यालय भवन निर्माण भएको छ । जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशतका आधारमा कूल रु चार करोड ३४ लाखको लागतमा सात वटा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो ।
वडा नं. ४, ५ र १२ को कार्यालय भवनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने ६, ७, ८ र ९ को वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले वडा नं। ५ स्थित तितेपानी देउरालीमा निर्माण भएको आधुनिक वडा कार्यालय भवनको आज एक समारोहबीच उद्घाटन गर्दै विकास निर्माणमा स्थानीय बासिन्दाको सक्रियताको खाँचो औँल्याए ।
नवनिर्मित भवनबाट कार्यसम्पादनमा सहयोग पुग्नुका साथै जनताका काम छिटो र छरितो हुने गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । आवश्यकता अनुसार बाँकी वडा कार्यालय भवन समेत निर्माण गरिने उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एकबहादुर कार्की, नेपाली कांग्रेसका भानु ढकाल, वडाध्यक्ष सत्यराज सापकोटा, जग्गादाता रुद्र अधिकारी लगायतले सुविधान सम्पन्न भवन निर्माणसंगै सेवाग्राहीलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार