पिपल्स च्वाइस विधातर्फ पाँच खेलाडी मनोनयनमा
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार ०:१८:५८
३ पुष, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधातर्फ पाँच जनाको नाम सार्वजनिक गरेको छ ।
मञ्चले आज पत्रकार सम्मेलन गर्दै करातेका मण्डेकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको नाम पिपल्स च्वाइस अवार्डका लागि सार्वजनिक गरेको हो । गत वर्ष खेलाडीहरुले गरेको खेल प्रदर्शनका आधारमा पाँचै जनाको नाम अवार्डका लागि छनोट गरिएको मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिए ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ । भोटिङ आजदेखि नै गर्न सकिने उनले बताए । भोटिङ पुस २७ गते राति १२ः०० बजेसम्म गर्न सकिने मञ्चले जनाएको छ । पल्सर स्पोर्टस अवार्डको १७औँ संस्करण यही पुस २८ गते आयोजना गरिँदै छ । उक्त दिन १० विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिने छ ।
कोरोना भाइरसको महामारीका कारण यसवर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने छ । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा गरिने मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एसियन जर्नालिस्ट अफ द एयर अवार्ड प्रदान गरिने छ ।
पिपल्स च्वाइस अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ । आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौता भइसकेको छ । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई चार बजाज पल्सर एनएक्स मोटरसाइकल, विभिन्न उपहार र नगदसहित रु २८ लाख ४० हजार उपलब्ध गराउने छ ।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले एक/एक थान पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु ५० हजारबाट पुरस्कृत गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । अब मञ्चले पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, प्रशिक्षक तथा युवा खेलाडी विधाका लागि पाँच/पाँच खेलाडीको नाम सार्वजनिक गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार