संसद विघटन अगावै अविश्वास प्रस्ताव दर्ता
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २२:५०:२०
५ पुष, काठमाडौं । बिहान करिब साढे १० बजे संसद सचिवालयमा सत्ताधारी दल नेकपाका सांसद्हरुको चलहपहल बढ्यो । सचिवालयका कर्मचारीहरु केही न केही पक्कै हुनलागेको लख काटे ।
नेकपाका नेता जनार्दन शर्माको कुदाकुद अलि बढ्तै थियो । एकैछिनमा ९० जना सांसद्को हस्ताक्षर रहेको एउटा कागजका साथ शर्माले निवेदनपनि दर्ता गराए । निवेदनको विषय थियो– सरकारविरुद्ध अविश्वास प्रस्ताव ।
यसअघि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेर संसद विघटनको सिफारिश गरेको खबर क्याबिनेट सदस्यबाटै पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुसमक्ष पुग्यो । लगत्तै प्रचण्ड र नेता माधवकुमार नेपालले पुरानो हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता गर्न अह्राए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ओली बालुवाटार पुगेका मात्र के थिए, अविश्वास प्रस्ताव दर्ता भएको जानकारी पाए । त्यसपछि ओलीले त्यहींबाट राष्ट्रपति भण्डारीलाई फोन गरी तत्कालै संसद विघटनको सिफारिश कार्यान्वयन गर्न आग्रह गरे ।
यसअघि भने एक दुई दिन रोकेर राष्ट्रपतिले परामर्श गरेको नाटक गर्ने सहमति ओलीसँग भएको थियो । तर अविश्वास प्रस्तावले गति लिएको अवस्थामा सरकार अफ्ठेरोमा पर्ने भन्दै तत्कालै संसद विघटनको विज्ञप्ति राष्ट्रपति कार्यालयले जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार