
७ पुष, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग तथा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा नयाँ नियुक्ति भएको छ । फाइनान्स संचालक समितिको २२२ औं बैठकले आगामी माघ १ देखि लागु हुनेगरि प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिवमा राजेश कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
संचालक समितिले सोही पदमा कार्यरत दिनेश लाल श्रेष्ठले पदबाट दिएको राजिनामा २०७७ माघ १ गतेदेखि लागु हुनेगरि स्वीकृत गरेको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट