१८ डेरी उद्योगलाई दुध बिक्रीमा रोक
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १६:१०:१८
८ पुष, सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।
वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताए ।
“डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ”, उनले भने, “पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।” यसअघि डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो ।
यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार