
८ पुष, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको संचालक समितिको १२९ औं बैठकले आगामी पुष २९ गते बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय महाराजगंजमा सभा बोलाएको हो ।
संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाखको ८.१६ प्रतिशतले हुन आउने दुई करोड २७ लाख तीन हजार चार सय २१ रुपैयाँ नगद लाभांश र १५ प्रतिशतले हुन आउने कुल चार लाख १७ हजार चार सय ५० कित्ता शेयर बोनश स्वरुप वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले लाभांश वितरण प्रयोजनका लागि आगामी पुष १७ गते बुक क्लोज गर्ने जानकारी कम्पनी सचिव सुन्दर प्रसाद श्रेष्ठले दिएका छन् ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट