सोमबार , माघ ५, २०७७

पुष १५ सम्म कायम शेयरधनीले पोखरा फाइनान्सको लाभांश पाउने

पुष १५ सम्म कायम शेयरधनीले पोखरा फाइनान्सको लाभांश पाउने

८ पुष, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आगामी पुस २९ गते साधारण सभा डाकेको छ । संचालक समितिको हिजो बसेको ४८४ औं बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा दरबारथोक ब्यांकेट, बाँस्तोलाथर, पोखरा कास्कीमा भर्चुअल माध्यमबाट बिहान ९ बजेबाट सुरु हुनेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि पोखराले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुष १५ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । फाइनान्सको चुक्त पुँजी ९१ करोड ७२ लाख ८१ हजार सात सय चार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय