को हुन् बहुमत नेकपाको महासचिव बन्ने नेता ?
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार ०:३०:२५
८ पुष, काठमाडौं । सत्तारुढ नेकपाको बहुमत पार्टीमा नयाँ महासचिवको खोजी शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष तथा प्रचण्डलाई संसदीय दलको नेता चुनेको नेकपाले महासचिव नयाँ नेतालाई छान्ने क्रम शुरु गरेको छ ।
महासचिव बिष्णु पौडेल ओली पक्षतिर लागेपछि प्रचण्ड र नेपाल समूह महासचिवविहिन भएको हो । तर धेरै नेताहरुको आकांक्षा रहेकाले कसलाई महासचिव बनाउने भन्ने अन्यौल छ । नेकपा नेताहरुका अनुसार महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा छ।
महासचिवमा प्रचण्डको दबाब रहने भएकाले जनार्दन शर्माले जिम्मेवारी पाउने सम्भावना बढी छ । उनले पार्टी एकतामा विशेष भूमिका खेलेका थिए । प्रचण्डको व्यक्तिगत रोजाईमा वर्षमान पुन र जनार्दन शर्मा छन् ।
नेकपा एक हुँदा पहिलो वरियताका वरिष्ठ नेता रहेका झलनाथ खनालले भने सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका छन् । पार्टी विभाजनमा नेता खनालले त्याग गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुने सम्भावना पनि छ ।
उनले आफूभन्दा पछिल्लो वरियतामा रहेका नेपाललाई अध्यक्ष मानेका छन् । यसअघि प्रचण्ड–नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक राखेर ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । बुधबार बसेको उनीहरूको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।
तर महासचिव को बन्छ भन्ने कुरा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको आन्तरिक सहमतिमा निर्भर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार