बादल ओलीतिर, गौतम प्रचण्ड–माधव कित्तामा
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १८:९:३०
९ पुष, काठमाडौं । नेकपाका दुबै गुटमा यतिबेला नाटकीय ढंगका घटनाक्रम बढिरहेका छन् । पार्टी विभाजन भइसक्दासमेत दुई शीर्ष नेताहरु बामदेव गौतम र रामबहादुर थापा ‘बादल’को संलग्नता प्रष्टिएको थिएन । तर अब भने बादल प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष रहेका केपी ओलीसँगै रहने भएका छन् ।
गौतमले भने अहिलेसम्म कित्ता क्लियर नगरेपनि उनको झुकाव विस्तारै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतिर ढल्किन थालेको छ । यद्यपि बादल र गौतम दुबै पक्षीय अधिकांश नेताहरु भने प्रचण्ड– नेपाल पक्षमै खुलेका छन् । बादलले लामो समय सोचबिचार गरेर नै ओलीसँग लाग्ने निर्णय गरेको निकट स्रोत बताउँछ । तर ओलीले बादललाई आफूपछिको कार्यकारी अध्यक्ष पद दिने प्रलोभन दिएको दाबी स्रोतले गरेको छ ।
हिजो साँझ ओलीसँग भएको फाइनल टकबाटै बादल बालुवाटार प्रवेश गरिसकेको उनी निकट स्रोतले बतायो । विगतमा पनि उनी प्रचण्डसँग बिद्रोह गरेर मोहन वैद्यसँग लागेका थिए । तर पछि प्रचण्डसँगै सहकार्य गर्न एउटा समूह नै लिएर आएका थिए । बादल ओलीसँग एक्लै जस्तो पुगेका छन् ।
तर बादल निकट नेताहरु भने प्रचण्डकै खेमामा रहेका छन् । देव गुरुङ , पम्फा भूषाल, महेश्वर दाहाल जस्ता प्रभावशाली नेताहरुले धेरै कन्भिन्स गर्दासमेत बादलले नसुनेको बताइएको छ ।
उता, गौतम भने अब ओलीसँग लाग्दा प्राप्ति भन्दा गुमाउने धेरै भएको ठम्याईमा पुगेका छन् । बादललाई दोस्रो बरियता दिन ओली सहमत भएकाले गौतम तेस्रो नेताका रुपमा बस्न नमानेको स्रोतले बतायो । त्यसैले संभवतः आजैको केन्द्रीय कमिटी बैठकमा गौतम बबरमहल पुग्ने सम्भावना रहेको स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार