माग पूरा नभएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १४:२६:०
१३ पुष, काठमाडाैं । देशभरका स्वास्थ्यकर्मी विभिन्न १८बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन् ।
समितिका संयोजक डा. पोखरेलले केही दिनभित्र वार्ता गरी समस्या समाधान गर्ने बताए । नयाँ मन्त्री आएकाले वार्ताका लागि एक–दुई दिन लाग्ने उनको भनाइ छ । वार्ता टोली गठन भएको औपचारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई दिइएको छ । उनीहरूको तर्फबाट पनि वार्ताका लागि सम्बन्धित व्यक्तिको नाम मन्त्रालयले माग्ने भएको छ ।
कोभिड महामारीको समयमा खाइपाई आएको सेवा–सुविधा कटौती, जोखिम भक्ता नपाएकोजस्ता विभिन्न १८बुँदे माग राखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा छन् । विगतमा पटक—पटक माग राख्दै आएको भए पनि मन्त्रालयले बेवास्ता गरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिको नेतृत्वमा देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।
स्वास्थ्यकर्मीहरूले आइतबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेका छन् । आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । यसअघि स्वास्थ्यकर्मीहरूले माग पूरा गर्न मन्त्रालयलाई २१ दिनको अल्टिमेटम दिएका थिए । सरकारलाई दिएको अल्टिमेटमको अवधिमा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको चिकित्सक संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार