यस वर्ष धान उत्पादनमा १.२८ प्रतिशतले वृद्धि
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार २३:७:४६
१३ पुष, काठमाडौं । यस वर्ष धान उत्पादनामा १.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको हाे ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गतवर्षको तुलानामा ७० हजार ८३१ मेट्रिकटन बढी धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यसपटक धान खेतको क्षेत्रफलमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ । यसपटक १४ लाख ७३ हजार ४७४ हेक्टरमा धान उत्पादन भएको हो । मन्त्रालयको अनुसार यसवर्ष हालसम्मकै सबभनदा बढी उत्पादकत्व दिएको हो ।
यसपटक ३.८२ प्रतिशत पुगेको छ जुन गत वर्ष भन्दा ०.२८ प्रतिशत बढी र हालसम्मकै उच्च उत्पादकत्व रहेको मन्त्रालयले जनाएको छ । विगत पाँच वर्षका धान उत्पादन विश्लेष्ण गर्दा आर्थिक वर्ष २०७३/०७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात ३ लाख ९१ हजार मेट्रिकटनले बढी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सातवटै प्रदेशमध्ये प्रदेश २ मा सवैभन्दा बढी धान उत्पादन भएको छ । त्यहाँ १४ लाख ३२ हजार ८१९ मेट्रिकटन धान उत्पादन भएको छ भने प्रदेश १ मा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९०, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेश, एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
धान उत्पादन वृद्धि हुनुको कारणमा समयमा पानी पर्नु र क्षेत्रफलमा वृद्धि हुनु रहेको छ । चालु आर्थिक वर्षमा सक्रिय मनसुन जेठ ३० बाटै सुरुवात भएको जब कि गतसाल असार ५ गतेदेखि मनसुन भित्रिएको थियो । गत सालको तुलनामा ३१ प्रतिशत बढी वर्षा भएको हो । त्यसका साथै लकडाउनका कारण कामदारको उपलब्धताका साथै प्रदेशगत कृषि कार्यालयहरुबाट बीउविजनको उपलब्धता रहेको हुनाले धान उत्पादनमा वृद्धि भएको उनले बताए ।
यसपटक ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर त्यो लक्ष्य पुरा गर्न सकेको छैन । बाढी र रोग किराका कारण धानमा क्षति गरेको हुनाले अनुमान गरिएको भन्दा कम उत्पादन भएको हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार