पुस १७ गते आन्दोलनमा होमिन राप्रपा नेता तामाङकाे अपिल
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार ०:१४:३४
१३ पुष, काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनमा होमिन राप्रपा नेता एवं पूर्वमन्त्री बुद्धिमान तामाङले अपिल गरेका छन् । राप्रपाको आन्दोलनका कमान्डरसमेत रहेका तामाङले १२ बुँदे समझदारीदेखि मुलुकले लिएको गलत बाटो सच्याउन आन्दोलनमा होमिन अपिल गरेका हुन् ।
राप्रपाले पुस १७ गते काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्दै छ । हिजो आइतबार राप्रपाले सबै जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको थियो । शनिबार राप्रपाको युवक संगठनले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको थियो । पुस १७ गतेको प्रदर्शनका लागि तयारी तीव्र भएको जानकारी नेता तामाङले नेपाल फ्ल्यासलाई दिए ।
त्यसक्रममा आज सोमबार बिहान आफ्नो विद्यार्थी संगठनसँग छलफल भएको उनले जनाए । त्यसपछि पार्टी निकटको भूतपूर्व प्रहरी संगठनको आन्दोलनको स्वरूप र योजनबारे विमर्श भएको थियो । सोमबार नै ललितपुर क्षेत्र नम्बर ३ र भक्तपुर क्षेत्र नम्बर २ सँग पनि आन्दोलन परिचालनका कमान्डर तामाङले बैठक गरेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि पुस १७ गते काठमाडौंमा हुने आन्दोलनलाई सार्थक बनाउने क्रममा पार्टिका इलाम, पाँचथर र ताप्लेजुङको सम्पर्क मञ्चसँग आन्दोलनलाई प्रभावकारी बनाउनेबारे छलफल भएको नेता तामाङले जनाए ।
यसैबीच नेता तामाङले १७ गते ११ बजे भृकुटीमण्डपबाट शुरू हुने आन्दोलनमा साथ र सहयोग पुर्याउन राप्रपा कार्यकर्तालगायत राजावादी एवं राष्ट्रवादी व्यक्ति, समूह तथा संस्थाहरूलाई आग्रह पनि गरेका छन् । आजै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनमा सहभागी हुन अपिल पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार