सही निर्णय लिन प्रदीप गिरिको आग्रह
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार २०:४:४९
१६ पुष, काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारका कटु आलोचकका रुपमा चिनिएका नेता प्रदीप गिरिले पूर्व सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जीवनको उत्तराद्र्धमा सबैको मन जित्न सफल भएको भन्दै प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसको सूचना तथा प्रचार विभागले आज राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा आयोजना गरेको भर्चुअल मिटिङलाई संवोधन गर्दै नेता गिरिले विद्रोही माओवादी पक्षलाई गिरिजाप्रसादले मूलधारमा ल्याएर देशलाई ठूलो संकटबाट जोगाएको भन्दै तारिफ गरे ।
अहिले ठीक त्यस्तै मौका वर्तमान नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलका सामुन्ने रहेको धारणा राख्दै उनले भने प्रधानमन्त्री केपी ओलीले देशमा राजनीतिक संकट ल्याउने प्रयास गरेकाले त्यसलाई सच्याउने र संकटबाट पार लाउने चुनौती कांग्रेसले निर्वाह गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएपछि पार्टी भित्र दुई खाले विचारधाराले स्थान पाएको भन्दै नेता गिरिले अब कांग्रेसले परिस्थितिलाई नियालेर बढो गम्भिरतापूर्वक कदम चाल्न सक्यो भने मात्रै नेतृत्वले अर्काे गिरिजा बन्ने अवसर प्राप्त गर्ने बताए ।
कांग्रेस नेतृत्वका सामुन्ने आएको यो एउटा अवसर हो, आफूलाई कस्तो बनाउने भन्नेमा आफैले मूल्याङकन गर्न सक्नुपर्छ – उनले भने । के गर्दा कांग्रेसको अस्तित्व उचो हुन्छ, पार्टीको शाख कसरी बचाउन सकिन्छ भन्नेमा नेतृत्वले गम्भिरता देखाएन भने यो अवसर त्यसै खेर जान्छ , त्यसैले इतिहासले दिएको मौकाको फाइदा उठाउन सक्नुपर्ने धारणा उनले राखे ।
पार्टी आन्दोलनमा जाने वा अदालतको निर्णय पर्खने सन्दर्भमा द्विविधामा नपर्न उनले नेताहरुलाई आग्रह गदै भने– कांग्रेसले राष्ट्रियता , लोकतन्त्र र समाजवादलाई केन्द्रमा राखेर निर्णय गर्ने बेला आएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार