
१६ पुष, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशनको सम्झौता भएको छ । सम्झौता बमोजिम नाडेप लघुवित्तलाई डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएको छ ।
दुवै संस्थाबीच गाभ्ने गाभिने सम्झौतापत्रमा बुधबार पुष १५ गते हस्ताक्षर भएको हो । समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब ५४ लाख रूपैयाँ रहेको छ ।
धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ । दुवै संस्थाबीच हिजो सम्झौता भएपछि आजदेखि दुवै संस्थाको शेयर कारोबार रोक्का भएको नेप्सेले जानकारी दिएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट