बीरगञ्जमा तस्करी बन्द कि खुला ?
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार २:३४:५४
१६ पुष, बीरगञ्ज । सीमा नाकामा मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्लाबाट व्यापक रूपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
पर्सा जिल्लामा रहेका सीमा नाकाहरुबाट तस्करहरूले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा भारतबाट लत्ताकपडा , हाडर्येवर, जुत्ता चप्पल, रजनिगंधा, राजनिवास ,गाई , भेैसी , रङ्गगा नेपाल भित्राउने गरेका छन्र भने नेपालबाट केराऊ, छोकडा, मरिच भारततर्फ निकासी गर्ने गरेका छन् ।
सशस्त्र प्रहरी २ प्रदेश प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमले तस्करीमा कडाई गर्न निर्देशन दिएपछि पर्सा जिल्लामा तस्करी बन्द भएको नाटक देखाउनको लागि किसानहरुले दैनिक उपभोगका लागि ल्याएको मल खाद्यान्न, प्याज, आलु, चामल, घरायासी किराना सामानहरु धमाधम पक्राउ गरि भन्सार बुझाउने गरेका छन् ।
सरकारले सशस्त्र प्रहरीलाई सीमा नाकामा हुने तस्करीहरुलाई रोक्नको लागि खटाएको हुन्छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले पर्सा जिल्लामा आएको दिन देखिनै सशस्त्र प्रहरी बीओपी प्रमुखहरुमार्फत मोटो रकमको नजराना बुझी व्यापक रुपमा तस्करीको लाईन दिएर तस्करी गराउँदै आएको नाम नछाप्ने शर्तमा सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीको सहयोगले अहिले पर्सा जिल्लाका सीमानाका हुँदै नुनदेखि सुन काठमाडौंसम्म तस्करहरुले तस्करी गरि पुर्याउने गरेको बताइएको छ। मुलुकका सीमा नाकाबाट हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको राजश्व बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्तै भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरीको संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ ।
संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी केहीले आफ्नो बर्दीलाई कमाईखाने भाडो बनाएका छन् । तसर्थ त्यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा सशस्त्र प्रहरीको छवि थप धमिलिने बीरगञ्जबासीको चिन्ता छ । यस्ता गतिविधितर्फ माथिल्लो निकायको पनि ध्यान जान अति आवशयक देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार