आइतबार , माघ ४, २०७७

सरकार जस लिन खोज्ने,अपजस नलिने फट्याइँ नगरौं : नेता गुरुङ

सरकार जस लिन खोज्ने,अपजस नलिने फट्याइँ नगरौं : नेता  गुरुङ

१७ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अरुण तेस्रो जलविद्युत आयोजना नबनेका कारण देश अहिले पनि लोडसेडिङमुक्त नभएको बताएका छन् । अहिले भारतबाट विद्युत आयात गरेर लोडसेडिङ हटाइएको दाबी गरेपनि २० बर्ष पहिले नै बन्नुपर्ने अरुण तेस्रो जलविद्युत आयोजना नबन्दा देश लोडसेडिङमुक्त नभएको बताएका हुन् ।

तत्कालिन नेकपा एमालेकै अवरोधका कारण अरुण तेस्रो जलविद्युत आयोजनाको काम अघि नबढेको पनि नेता गुरुङको दाबी छ । पछिल्लो केही दिनयता पटक पटक बिजुली गइरहेका बेला नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङलाई धेरैले सम्झिरहेका छन् ।

तर प्रधानमन्त्री ओली पक्षका धेरै नेताहरु भने लोडसेडिङ हटाउने काम कुलमानले नभई ओलीले गरेको दाबी गर्ने गरेका छन् । यसै सन्दर्भमा पूर्व सांसद समेत रहेका नेता गुरुङले लोडसेडिङ हट्न नसक्नुको वास्तविक कारणबारे खुलाएका हुन् ।

‘भारतबाट विद्युत आयात गरेर लोडसेडिङ हटाएकोमा जस लिन तँछाडमछाड गर्नेहरुले तत्कालीन नेकपा एमालेको अवरोधका कारण २० वर्ष पहिले बन्ने अरुण तेश्रो नबनेपछि लोडसेडिङ भोग्नुपरेको र मुलुकको बिकासमा ठेस पुर्‍याएको कुराको अपजस पनि लिन तयार हुनु पर्दैन’ नेता गुरुङले फेसबुकमा प्रश्न गर्दै भनेका छन्, ‘जस लिन खोज्ने, अपजस नलिने फट्याइँ नगरौं।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जाडोमा दाउरा व्यापारीदेखि लुगा व्यापारीसम्म सक्रिय जाडोमा दाउरा व्यापारीदेखि लुगा व्यापारीसम्म सक्रिय ३ हप्ता पहिले
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै १ हप्ता पहिले
दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्क सुरक्षित फेला दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्क सुरक्षित फेला २ दिन पहिले
काकाकुल सुखौरा गाउँमा बृहत् लिफ्टिङ परियोजना, स्थानीयवासी हर्षित काकाकुल सुखौरा गाउँमा बृहत् लिफ्टिङ परियोजना, स्थानीयवासी हर्षित ३ हप्ता पहिले
कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु कार र ट्यांकर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु ४ हप्ता पहिले
मन्त्री अर्याल भन्छिन्, ‘पहुँचवालाबाट नै सरकारी जमीन अतिक्रमण’ मन्त्री अर्याल भन्छिन्, ‘पहुँचवालाबाट नै सरकारी जमीन अतिक्रमण’ ३ हप्ता पहिले
ओलीको विकल्प खाेजी:-प्रचण्ड र श्यामशरणको भनाई प्रिप्लान कि संयोग मात्र ? ओलीको विकल्प खाेजी:-प्रचण्ड र श्यामशरणको भनाई प्रिप्लान कि संयोग मात्र ? ३ हप्ता पहिले
महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे ६ दिन पहिले