राउटे परिवारलाई कम्बल वितरण
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १८:३४:४४
२२ पुस, कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।
समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए।
चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको बताउँदै उनले रु एक लाख ८४ हजार ४०० मूल्य बराबरको कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए ।
सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक रु पाँच हजार पाउनेछन् ।
चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए। राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरेका छन् ।
बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार