आइतबार , माघ ४, २०७७

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन निर्देशन

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन निर्देशन

२३ पुष, रुकुमपूर्व । रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत संकलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताए ।

यस्तै विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले विपन्न परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताए ।

उनका अनुसार दीर्घ रोगी, अपाङ्ग भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिकलगायत बढी जोखिमपूर्ण वर्गलाई विशेष ध्यान दिनुका साथै चिसोबाट बिरामी भएकालाई उपचारको उचित प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ । यस्तै स्थानीय तहसँग समन्वय गरी तत्कालै अतिगरीब तथा विपन्न परिवारलाई ऊनको टोपी, कम्बल, न्यानो चप्पल, उलनको मोजा, हटवाटर जग वितरण गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई मजबुत बनाउन विपद प्रतिकार्य योजनाका आवश्यक सामग्री पर्याप्तमात्रामा सुरक्षा निकायसँग नभएकाले सूची संकलन गरी सामग्री खरिद गर्ने निर्णय पनि बैठकले गरेको सूचना अधिकारी एवं सहायक प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रिट निवेदनमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुने रिट निवेदनमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुने १५ घण्टा पहिले
हिमाली क्षेत्रमा बाँझो जमिनमा लोठसल्ला रोपणको तयारी हिमाली क्षेत्रमा बाँझो जमिनमा लोठसल्ला रोपणको तयारी २ घण्टा पहिले
भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाइने भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाइने २ घण्टा पहिले
लगानीको अवसरः आजदेखि हाइड्रो कम्पनीको साढे १४ लाख कित्ता आईपीओ बिक्रीमा लगानीको अवसरः आजदेखि हाइड्रो कम्पनीको साढे १४ लाख कित्ता आईपीओ बिक्रीमा २ घण्टा पहिले
नायबसुब्बाले जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा नायबसुब्बाले जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा ५ घण्टा पहिले
आजदेखि उपत्यकाका धेरैजसो विद्यालय खुल्दै आजदेखि उपत्यकाका धेरैजसो विद्यालय खुल्दै ४ घण्टा पहिले
भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै १९ घण्टा पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? २२ घण्टा पहिले