एक सय तीस किलो गाँजासहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १९:३९:३०
२४ पुष, काठमाडौं । मकवानपुर प्रहरीले एक सय तीस किलो गाँजासहित आठजनालाई पक्राउ गरेको छ । आज शुक्रबार बिहान करिब ४ बजेको समयमा चेकजाँच गर्ने क्रममा जिल्लाको मनहरी गाउँपालिका– ८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
ती पक्राउ परेका आठजनाबाट ४४ किलो गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सुजन प्रजा, दीपक लामा, कान्छाराम लामा, गोपाल वचेपाङ, रतन स्याङतान, उद्धास ब्लोन, प्रेम मोक्तान र सीताराम स्याङतान रहेको प्रहरीले जानकारी दिएको छ ।
साथै प्रहरीले बिहीबार राति ९ बजे चेकजाँचका क्रममा मकवानपुरकै मनहरी गाउँपालिका– ६ मा गाँजा ओसारपसार भइरहेको फेला पारेको छ ।
प्रहरी आएको थाहा पाएर ओसारपसारमा संलग्नहरू भने फरार भएको र त्यहाँ ८६ किलो गाँजा नियन्त्रणम लिएको प्रहरीले जनाएको छ । फरारहरूको खोजी भइरहेको र नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार