अब जकार्ताबाट काठमाडौंका लागि सिधा उडान हुने
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १९:४३:५४
२४ पुष, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।
सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट ‘जीएसए’नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन-जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।
इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ ।
यसैबीच, याे सीधा उडानबाट नेपाली यात्रु र विद्यार्थी पनि लाभान्वित हुने भएका छन् । पछिल्लो समय इन्डोनेसिया नेपाली आउटवाउन्ड पर्यटकका लागि आकर्षक गन्तब्य हो । काठमाडौं-जाकार्ता उडानले नेपाली र इन्डोनेसियाबाट नेपाल आउने दुबै गन्तब्यका यात्रु लाभान्वित हुने सर्भिसकी सञ्चालन विभाग प्रमुख रौनियारले बताइन् ।
उनका अनुसार यसबाहेक नेपालबाट जापान र अष्टे्रलिया जाने र त्यहाँबाट र्फकने यात्रुले समेत सेवा पाउने छन् । काठमाडौंबाट ती दुई मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने योजना समेत बनाएको छ । जापानमा नेपालबाट नेपाल वायुसेवा निगमले सिधा उडान गरिरहेको छ । इन्डोनेसियाले नेपाली यात्रुका लागि अनअराइभल भिसा सुविधा समेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार
मोहन्यालका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार