पाकिस्तानका अघिकांश शहर पावर ट्रान्समिसन प्रणालीले अन्धकार
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २१:२६:१
२६ पुष, एजेन्सी । पाकिस्तानमा शनिबार राति अचानक समग्र मुलुकका अघिकांश शहरमा विद्युत् आपूर्ति रोकिएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयले पावर ट्रान्समिसन प्रणालीको फ्रिक्वेन्सीमा गिरावट आएसँगै विद्युत् आपूर्ति रोकिएको बताएको छ । मन्त्रालयका अनुसार शनिबार राति ११ः४१ मा यो समस्या देखिएको थियो ।
मन्त्रालयले फ्रिक्वेन्सीमा गिरावट आउनुको कारण बुझ्ने प्रयास भइरहेको बताएको छ । साथै मन्त्रालयले मानिसहरुलाई धैर्यधारण गर्न पनि आग्रह गरेको छ । पाकिस्तानको कराँची, इस्लामावाद, लाहोर, पेशावर, रावलपिण्डीसहित पाकिस्तानका प्रमुख शहरमा बिजुली गएको समाचारमा जनाइएकाे छ ।
पाकिस्तानका सूचना मन्त्री शिबली फराजले प्रणलीमा देखिएको समस्याको कारण विद्युत् आपूर्ति बन्द भएको भए पनि अहिले समस्या समाधानको काम भइरहेको बताएका छन् । पाकिस्तानको जटिल तथा अव्यवस्थित सञ्जालको कारण पाकिस्तानको पावर ग्रिडको कुनै एक क्षेत्रमा समस्या आउँदा समग्र मुलुकमा विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।
ऊर्जामन्त्री ओमार अयुब खानले सामाजिक सञ्जालमार्फत् अहिले चरणबद्धरुपमा शहरहरुमा विद्युत् आपूर्ति पुनः सुरु भइरहेको बताएका छन् । सन् २०१५ मा विद्रोहीले पाकिस्तानको प्रमुख पावर लाइनमा गरेको आक्रमणको कारण पाकिस्तानको ८० प्रतिशत भू–भागमा विद्युत् आपूर्ति रोकिएको थियो । शनिबार भने पाकिस्तानको समग्र विद्युत् आपूर्तिमध्ये ६२ प्रतिशत प्रभावित भएको थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार