अब हट्नेछ सडकमा छाडाछोडिएका भुस्याहा कुकुरको समस्या
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २१:४८:३२
२६ पुष, गलकोट । भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ । यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिए ।
सोमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । यस्तै २२८ कुकुरलाई रेविज विरुद्धको सुई लगाइएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौं एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडाछोडिएका कुकुर तथा घरपालुवा कुकुरलाईसमेत बन्ध्याकरणमा समावेश गरिएकोे छ ।
कुकुरकै टोकाइबाट कयौँ घाइते भएर पोखरा र काठमाडौंसम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।बन्ध्याकरण शिविरमा रेविज विरुद्धको खोप पनि लगाइएको थियो । वरिष्ठ पशु चिकित्सक शङ्कर पाण्डे, अर्जुन अर्याल, विकास गिरी, खितबहादुर श्रेष्ठलगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजीकरण गरेका थिए ।
शिविर सञ्चालन गर्दा २०० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिए । “एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेविज रोग पनि घट्ने भएकाले यो अभियान शुरु भएको हो ।” श्रेष्ठले भने,“बन्धयाकरणले कुकुरको सङ्ख्या तत्कालै नघटे पनि विस्तारै कम भएर जानेछन् ।” भुस्याहा कुकुरलाई न्यूनीकरण गर्न तथा सन् २०३०सम्म रेविज उन्मूलन गर्नका लागि बन्ध्याकरण थालिएको उनको भनाइ छ ।
यस्तै पशु चिकित्सक अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भए पनि लामो समय दुःखाइ नहुने गरी औषधि दिने गरेको बताए । उनले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरणसमेत गरेको जानकारी दिए ।
जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि ती निकायले पाँच लाख विनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका–१३ पैयूँपाटाबाट आउनुभएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए ।
धेरै कुकुर पाल्न नसकिने र रेविज विरुद्धको खोप लगाउने भएकाले आफूले कुकुर लिएर आएको उनले बताए । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र टोकीहाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको जानकारी दिए । जिल्लाका विभिन्न ग्रामीण भेगमा कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाएका घटना पनि समय समयमा आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार