चालक अनुमतिपत्र परीक्षाका लागि जग्गा अभाव
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २२:२०:४३
२६ पुष, गलकोट । जग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नौ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । यहाँको धौलागिरि यातयात व्यवस्था कार्यालयमा २०६९ सालदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न सकेको छैन ।
विसं २०६९ देखि सवारी चालक अनुमतिपत्रका परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो । दुईपाङ्गे्का लागि निरयघाटमा भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र खुलेको भए पनि चारपाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातयात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिए ।
“नयाँ मापदण्डमा प्रयोगात्मक परीक्षा सञ्चालनका लागि ठूलो जग्गा आवश्यक हुन्छ” उनले भने,“सार्वजनिक जग्गा छैन, भाडा तिर्दासमेत उपयुक्त जग्गा पाइएन ।” अहिले पनि जग्गाको खोजी भइरहेको र उपयुक्त जग्गा पाउदासाथ चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालनमा ल्याइने छ ।
कार्यालयका अनुसार कोरोनाका कारण रोकिएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन फर्म गत मंगलबारदेखि धौलागिरि यातयात कार्यालयले खुल्ला गरेको छ । कोरोनाका कारण गत चैत ११ गतेदेखि रोकिएको फाराम यही पुस १४ देखि खुल्ला भएपछि फाराम भर्नेको चाप बढेको कार्यालयले जनाएको छ ।
धौलागिरिको चार जिल्ला हेर्नेगरी २०६५ सालमा स्थापना भएको कार्यालयमा पछिल्लो नौ वर्षदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र नखुलाए पनि दुईपाङ्ग्रेको सवारी चालक अनुमतिपत्र खुलाएको थियो । धौलागिरिसहित लामो समय चालक अनुमतिपत्र नखुल्दा आवेदन दिनेको सङ्ख्या अत्यधिक भएकाले अनलाई फर्मसमेत भर्न समस्या हुँदै आएको छ ।
अहिले धौलागिरि यातयात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फाराम दर्ता गर्दै आएको छ । “आवेदनको चाप थामी नसक्नु छ, बिहान ६ बजे खुलेको अनलाईन फर्म १० नबज्दै सकिन्छ” प्रमुख थापाले भने “अब नियमित ट्रायल हुँदै गए केही हदसम्म घट्दै जाला ।”बन्दाबन्दी भन्दा अगाडि लिखित दिएका र फर्म भरेकालाई नयाँ व्यवस्था आउने उनको भनाइ छ । आगमी एक हप्ताभित्रै छुटेकालाई सूचना आउने जानकारी थापाले दिए । उनले फर्म आइतबारदेखि बुधबारसम्म मात्रै खुल्ला हुनेछ ।
उनका अनुसार कोरोनाकालमा झण्डै दुई हजार भन्दा बढी मोटरसाइकल सवारी चालक अनुमति पत्रको परीक्षा दिनबाट वन्चित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षामा सहभागी गराउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार