
पुष २६, काठमाडाैं । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ४१ दशमलव २४ अंकले वृद्धि हुँदै २२३५ दशमलव ७२ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ८८ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ३२ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २२०१ को विन्दुमा खुलेकोमा २२३८ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२०१ नै रहेको छ । आज बजार खुलेबाट नै वृद्धि भएको थियो ।
नेप्सेले केही समय देखि तोड्न नसकेको २२०० को विन्दुलाई तोडेको छ। त्यस्तै बजारमा ६ अर्ब माथिको शेयर कारोवार भएर शेयर बजार बन्द भएको छ। कारोवार रकमले पनि अहिलेको बजारलाई साथ दिएको छ।
अधिक तरलता को कारणले गर्दा पुष मसान्तको असर यो पटक भने बजारमा देखिएन । वाणिज्य बैंकको शेयर मूल्यमा आक्रामक रुपमा वृद्धि भएसंगै आज बजारलाइ टेवा पुगेको छ। वाणिज्य बैंक र विकास बैंक उपसुचकमा राम्रो वृद्धि देखिएको छ। नेपाली बजारको अण्डरभ्यालुड क्षेत्रको रुपमा रहेको वाणिज्य बैंक उपसुचकमा आएको वृद्धिले बजारको वृद्धिलाई झन् मजबुत बनाएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट