बिहिबार , माघ १५, २०७७

सनराइज बैंकको कार्ड बोक्नेलाई दरबारमार्गको रेष्टुरेन्टमा विशेष छुट

सनराइज बैंकको कार्ड बोक्नेलाई दरबारमार्गको रेष्टुरेन्टमा विशेष छुट

२६ पुष, काठमाडौं । सनराइज बैंक लिमिटेड र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिदैं आएको छ ।

बैंकका ग्रहकलाई विभिन्न ठाउँमा विशेष छुट दिने उद्देश्यले बैंकले याे सम्झौता गरेको जनाएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज (beverages) सुबिधाको सन्राइज बैंकको क्रेडिट, डेबिट कार्ड र QR को माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय