धितालको अध्यक्षतामा आनको नयाँ नेतृत्व चयन
नेपालबहस संवाददाता
पुस २६, २०७७ सोमबार १:११:५२
२६ पुष, काठमाडौं । सोम प्रसाद धितालको अध्यक्षतामा नेपाल विज्ञापन संघ (आन)को नयाँ नेतृत्व चयन भएको छ ।
निर्वतमान अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”को अध्यक्षता, माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा हिजो एभरेष्ट होटेल काठमाडौंमा आयोजित २१औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष रिजालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउदै मन्त्रिलाई समस्या समाधानमा विशेष पहल गरिदि अनुरोध गरे ।
संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरे ।
उदघाट्न शत्रको समापन गर्दे वरिष्ठ उपाध्यक्ष सोमप्रसाद धितालले यथाशिघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको लागि जोड्दार माग गरे । करिव दुई घण्टा चलेको उद्घाटन सत्रपछि बन्द शत्र र निर्वाचन कार्यक्रम गरिएको थियो ।
२१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय हुनु भएको छ । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।
सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट” बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।
उपस्थित महानुभावहरुमा संघलाई हौसला प्रदान गर्न कार्यक्रममा सहभागि भई दिुन भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै निर्वाचन प्रजातान्त्रिक प्रकृया मात्र भएको र जो जसको प्रत्यासि रहे पनि आगमि दिनमा सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा संघ अगाडि वढ्नुपर्ने आनका नवनियुक्त अध्यक्ष सोम प्रंसाद धितालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
तीन अंकको सुधारले मानव विकास सूचकांकको १४६ औँ स्थानमा पर्यो नेपाल
चैत २, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार