कांग्रेसलाई कसैले कमजोर नठान्न निधिकाे चेतावनी
नेपालबहस संवाददाता
पुस २६, २०७७ सोमबार ३:२७:९
२६ पुष, धनुषा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन् ।
जनकपुरधाम–८ मा आज आयाजित शहीद सत्यनारायण पाठकको सालिक अनावरण कार्यक्रममा उहाँले कांग्रेसले सदैव न्यायालयको सम्मान गरेको उल्लेख गर्दै पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको बताए । उपसभापति निधिले भन्नुभयो, “प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा अहिले विचाराधीन छ । यसको अन्तिम उपचार अदालतले पक्कै पनि गर्छ ।”
उनले अदालतबाट पुनःस्थापना वा निर्वाचन मात्र अहिलेको विकल्प रहेको बताए । उनले भने, “देश र जनतालाई प्रतिनिधिसभा चाहिएको छ । त्यसको संवैधानिक उपाय भनेको संसद् पुनःस्थापना वा निर्वाचन मात्रै हो ।”
निधिले कांग्रेसलाई कसैले कमजोर नठान्न चेतावनी दिंदै भने, “कांग्रेस बाघ हो । बिलकुल शान्त भएर बसिरहेको हुन्छ तर जब सिकारको लागि तयार हुन्छ, यसको पञ्जाबाट कोही उम्किन पाउँदैन ।”
उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताए । उपसभापति निधिले नेपालमा अब राजतन्त्र कहिल्यै नफर्किने बताउँदै राजतन्त्रको सपना हेर्नेहरुलाई यस्ता दिवा स्वप्न नहेर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार