महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १८:५२:४२
२७ पुष, पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ ।
मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल हुनुहुन्छ ।
यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी हुनुहुन्छ ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अधिवेशनको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पर्यटनको विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा महत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय सङ्गठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नुपर्ने आवश्यकता औल्याइन् ।
अहिले कोभिड– १९ का कारण पर्यटन क्षेत्रमा रु १९२ अर्बको प्रत्यक्ष लगानी र रु ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेको उनले जानकारी दिए।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ र सहयोग अपरिहार्य भएको उल्लेख गर्दै उनले सरकारले व्यवसाय सञ्चालन कोर्ष भनेर ५० अर्ब छुट्याए पनि व्यवसायीले उक्त सुविधा लिन नपाएको गुनासो गरिन्।
आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएवापत राससका समाचारदाता जमुना वर्षा शर्मालाई नगद रु १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थागत विकासमा योगदान पुर्याएको भन्दै मञ्चका सल्लाहकार देवका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो ।
मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन व्यवसायमा क्रियाशील महिला सङ्गठित भएपछि उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि मञ्चले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताइन् । मञ्चमा अहिले २०० महिला पर्यटन व्यवसायी आवद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
नदीहरूमा जलमार्ग बनाएर पानीजहाज चलाइने, कोरिडोर निर्माणमा विशेष ध्यान दिने
जेठ १, २०८१ मंगलबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
जेठ १, २०८१ मंगलबार
विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
जेठ १, २०८१ मंगलबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार