सोमबार , माघ ५, २०७७

ओलीको कदम फासीवादीः वैद्य

ओलीको कदम फासीवादीः वैद्य

२७ पुष, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी (क्रान्तिकारी) ले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई निरंकुश तथा फासीवादी कदम भएको भन्दै भत्र्सना गरेकोछ ।  पार्टीको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी निर्णयबारे जानकारी दिन आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएकोछ– ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरुद्ध परिलक्षित निरंकुशतावादी तथा फासीबादी कदम हो ।

अब नेपाली राजनीतिले लिने दिशा र प्रभावबारेसमेत पार्टीले निश्कर्ष निकालेको पनि विज्ञप्तिमा उल्लेख छ । जसमा भनिएकोछ – अब देश तीनवटा सम्भावनातर्फ उन्मुख हुने देखिन्छ । जसमा पहिलो सम्भावनाका रुपमा पार्टीले मध्यावधि वा प्रतिनिधिसभा पुनर्गठन गरिएको दुबै अवस्थामा विद्यमान संकट समाधान हुन सक्दैन ।

यसैगरी दोस्रो सम्भावनाबारे आशंका व्यक्त गर्दै पार्टीले गरेको ठहर उल्लेख गर्दै भनिएको छ –देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तर्विरोध र वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि निर्वाचन हुन सकेन भने मुलुक पुनर्उत्थानवाद वा झनै निरंकुशतावादतर्फ धकेलिने अवस्था निर्माण हुनेछ ।

यस्तै पार्टीले तेस्रो सम्भावनाबारे समेत औल्याएको छ । जसमा भनिएको छ– वामपन्थी, जनवादी र देशभक्त शक्तिहरु एकतावद्ध भई संयुक्त संघर्षलाई प्रभावकारी ढंगले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकासतर्फ बढ्न सक्ने देखिन्छ । साथै यी तीनवटै सम्भावना मध्ये तेस्रो विकल्पमा जान सक्दा मात्रै अग्रगमनतर्फको यात्रा तय हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय